नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित

नारी स्रष्टा समाज, प्रदेश १ बिराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । समाजद्वारा मंसिर १ गते काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो ।

समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार कोइरालालाई १५ हजार रुपैयाँ नगद राशी तथा सम्मानपत्र सहितको मोहनलता विशिष्ट स्रष्टा सम्मान, साहित्यकार उप्रेतीलाई ११ हजार रुपैयाँ नगद तथा सम्मानपत्र सहितको कविराज सष्टा सम्मान र साहित्यकार विनोद नेपाललाई ११हजार रुपैयाँ नगद सहितको हेमलता स्रष्टा सम्मान तथा सम्मानपत्र प्रदान गरिएको हो । पुरस्कृत स्रष्टाहरूलाई दोसल्ला ओढाउनुका साथै नारी स्रष्टा पदक समेत प्रदान गरिएको थियो । पुरस्कृत कोइराला ओखलढुङ्गा, उप्रेती झापा र नेपाल पाल्पाका स्थायी बासिन्दा हुनुहुन्छ ।

पुरस्कृत साहित्यकार विनोद नेपालले आफूलाई प्राप्त भएको पुरस्कारको सम्पूर्ण राशी सोही कार्यक्रममा कार्यक्रम आयोजक संस्था नारी स्रष्टा समाजलाई आगामी दिनमा अझ राम्रा कार्यक्रम आयोजना गर्न सहयोग स्वरूप अध्यक्ष ममता मृदुललाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा समाजद्वरा सर्जकहरू राधेश्याम लेकाली, मञ्जिला अनिल, विन्दु अधिकारी ढकाल, रीता खत्री, मीना श्रेष्ठ र निर्मला मुरारीलाई नारी स्रष्टा समाज सम्मान,पदक तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत सर्जकहरूबारे परिचयात्मक मन्तव्य दिँदै साहित्यकार महेश प्रसाईंँले ४० को दशकका शक्तिशाली तीन जना सर्जकलाई समाजले चिनेरै पुरस्कृत गरेको बताउनुभएको थियो । यसैगरी कार्यक्रममा सम्मानित स्रष्टाहरूका योगदान बारे डा. शैलेन्दुप्रकाश नेपालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले नारी स्रष्टा समाजले महिलाका साथै पुरुष सर्जकलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरेर समानताको अभ्यास गरेको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ माया ठकुरी, वरिष्ठ साहित्यकार अशेष मल्ल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायत साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति थियो । राष्ट्रिय महिला आयोगको सभाकक्षमा आयोजित कार्यक्रम निराजन मौदगल्यले सञ्चालन गर्नुभएको थियो ।

स्मरणीय छ, नारी स्रष्टा समाजले मंसिर १ गतेलाई नारी स्रष्टा दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया

लोकप्रिय पोस्टहरु

गजल

९ श्रावण २०८०, मंगलवार ०९:२१

dsdsad

८ श्रावण २०८०, सोमबार १५:५३

मनिराम मञ्जिलकाे मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३८

अतृप्तका चार मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३४