साहित्यकार हाडाबाट पुरस्कार स्थापना

भक्तपुर / साहित्यकार मञ्जु हाडा निरौलाले आफ्ना मातापिता आशागोपाल र भुवनेश्वरी हाडाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको छ । दस हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रदान गरिनेछ ।

उक्त पुरस्कारको लागि साहित्यकार हाडाले अक्षयकोषको लागि डेढ लाखको चेक सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीलाई एक कार्यक्रमका बीच प्रदान गर्नुभयो ।

अक्षयकोषका दाता साहित्यकार हाडाले आफूले मातापिताको पुख्र्यौली थलोप्रति सद्भाव मात्र प्रकट गरेको बताउनुभयो । सो अवसरमा समाजका सचिव मधिकर्मीले पुरस्कार आगामी वर्षको बैशाखदेखि प्रदान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

लोकप्रिय पोस्टहरु

गजल

९ श्रावण २०८०, मंगलवार ०९:२१

dsdsad

८ श्रावण २०८०, सोमबार १५:५३

मनिराम मञ्जिलकाे मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३८

अतृप्तका चार मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३४