Share on facebook
Facebook
Share on twitter
Twitter
Share on print
Print

आँखाले सम्झिन्छु भन्छ,मनले,बिर्सिन्छ महोदय !

कविता

आँखाले सम्झिन्छु भन्छ,मनले,बिर्सिन्छ महोदय ! मनले सम्झेको मान्छे त,यात्रामै छुट्टिन्छ महोदय ! म आफुले आफैलाई समेत,चिनेको छैन अझै , यात्रामा भेटेको मान्छेले, कसरी चिन्छ महोदय ? चोकको सालिक हुनुपर्छ, संधै एकनास देखिने सोचाइ र मान्छे समयसँगै ,बदलिन्छ महोदय ! गोडा ठोकिएपछी रहेछ,यात्रामा कठिन भनेको, नजर त हजारौं नजरसँग , ठोकिन्छ महोदय ! मलाई कुनै रात निदाउन,दिँदैनन् सपनाहरुले, निदाएको दिन कस्तो सपना देखिन्छ महोदय ? सृष्टि सावित्रा

अन्य कविताहरु

No data was found

सृष्टि सावित्रा का अन्य सृजनाहरु :

अन्य सृजनाहरू भेटिएन