Share on facebook
Facebook
Share on twitter
Twitter
Share on print
Print

श्रीकृष्णका तीन मुक्तक

मुक्तक


उसले घात नै गर्यो भन्ने भुल्दिनु छ
बदलामा एउटा सुन्दर फूल दिनु छ
सधैँ याद आउने गरी मनैभित्र राख्ने
उपहारमा मीठो हाँसो शूल दिनु छ ।

कहिलेकाहीँ जिन्दगीमा खुस्स आउँछ्यौ
हाँस्दैहाँस्दै आउन किन ठुस्स आउँछ्यौ
अकिञ्चन भन्ने थाहा थियो तिमीलाई
किन खुसी बिजुलीझैँ छुस्स आउँछ्यौ ?

कति सक्छस् ए नियती कर्म ठोक्नलाई
गह्रो भयो जिन्दगीको भारी बोक्नलाई
हेर्दा राम्रो देख्दा सुन्दर भएर के गर्नु
खोल हेरेर हुन्न भित्री मूल्य तोक्नलाई ।

Gurukul Bidhyasadan Secondary School

Exam – coordinator

Tukka : secretary General

Kopila Gandaki : Treasurer

Mobile: +977-9840010052

अन्य मुक्तकहरु

मनिराम मञ्जिलकाे मुक्तक
मनिराम-मञ्जिल
अतृप्तका चार मुक्तक
IMG20211126153902-scaled-e1655374772793
पाँच मुक्तक
लोकनाथ-पुडासैनी
बाबुराम न्याैपानेकाे चार मुक्तक
baburam-neupane-final

श्रीकृष्ण का अन्य सृजनाहरु :

अन्य सृजनाहरू भेटिएन