Share on facebook
Facebook
Share on twitter
Twitter
Share on print
Print

अतृप्तका चार मुक्तक

मुक्तक

१. कस्तो विरक्त लाग्छ जब घाम छोपिएको देख्छु रावणको छायाभित्र जब राम छोपिएको देख्छु गफको गमलामा गफकै गुलाब फुलाउँझैँ लाग्छ कुराको भकारीभित्र जब काम छोपिएको देख्छु। २. घाउ देखिन्न त्यस्तो कुनै खत पनि देखिन्न दिमागी असन्तुलनको हालत पनि देखिन्न केही सोचेर टोलाइरहेझैँ लाग्छ रोगी समय आँखामा सपना, गोडामा तागत पनि देखिन्न। ३. पिँधमा छ झ्याउ-झार पानीमा तर जमेको छ भुल्का भुल्का तरङ्गमा हिले माछा रमेको छ मान्छे वैरी डिलैमा छ बल्छी चारो उज्याएर लोभ जाती हो वा लेउ मनमा यत्ति गमेको छ। ४. आफूखुसी छन् सबै,कसैलाई बन्चित गरेको छैन चराको तुल्य छ जीवन, केही संचित गरेको छैन यो बेवकुफी कतिन्जेल चल्ने हो केही थाहा छैन कलाकार परिएन, कुनै नाटक मञ्चित गरेको छैन।   मुक्तककार: विष्णुप्रसाद आचार्य “अतृप्त” विदुर- ५, नुवाकोट हाल: तारकेश्वर- २, काठमाडौ । मोवाइल नम्बर: ९८४१५४८४२५ 

अन्य मुक्तकहरु

मनिराम मञ्जिलकाे मुक्तक
मनिराम-मञ्जिल
पाँच मुक्तक
लोकनाथ-पुडासैनी
श्रीकृष्णका तीन मुक्तक
Shree-krishna
बाबुराम न्याैपानेकाे चार मुक्तक
baburam-neupane-final

अतृप्त का अन्य सृजनाहरु :

अन्य सृजनाहरू भेटिएन