स्रष्टा भट्टको सोलीडोली सार्वजनिक

क्यालिफोर्निया / लायन्स क्लब अफ वर्कली लालीगुराँस, विकल्प फाउण्डेसन, समुद्रपारिका मन र यशोभानु साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कवि सुरेशकुमार भट्टको हाइकु कृति सोलीडोली क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा लोकार्पण गरियो ।
सो कृतिमाथि समीक्षा गर्दे युनिर्भिर्सटी अफ क्यालिफोर्नियाका एशोसियट प्रो डा. टिका लम्सालले हाइकुजस्तो सानो आकारमा कुनै पनि विषयलाई प्रस्तुत गर्नु कठिन कार्यलाई हाइजिन भट्टले नेपालको सामाजिक परिवेशका विभिन्न विषयलाई हाइकुमा राम्रोसँग प्रस्तुत गर्न सकेको छ भन्नुभयो ।
कृतिका लेखक भट्टले साहित्यमा रुचि भएका कारणले हाइकुमा आफ्ना अनुभूतिहरुलाई अभिव्यक्त गरेको बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै साहित्यकार रीतादेवी प्रधान रुमाठले पुरुषको प्रगतिमा नारीको हात भएझैं नारीको उन्नतिमा पनि पुरुषको भूमिका हुन्छ भन्नुभयो । साथै उहाँले दुवैको भूमिकाको सम्मान गर्नुपर्छ भन्दै साहित्यकार भट्ट दम्पत्तिलाई खादा ओढाएर सम्मान गर्नुका साथै आफ्ना कृतिहरु उपहार प्रदान गर्नुभयो ।
उहाँको यो कार्यलाई कार्यक्रममा उपस्थित सहभागीहरुले मुक्त कण्ठले ताली बजाएर समर्थन गरेका थिए ।
कार्यक्रममा न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लबका पूर्व गभर्नर राजेन थापा, विकल्प फउण्डेसनका अध्यक्ष निर्मल फुयाँल, यशोभानु प्रतिष्ठानका संस्थापक नारायण भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

लोकप्रिय पोस्टहरु

गजल

९ श्रावण २०८०, मंगलवार ०९:२१

dsdsad

८ श्रावण २०८०, सोमबार १५:५३

मनिराम मञ्जिलकाे मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३८

अतृप्तका चार मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३४