कवि पशुपति कर्माचार्य नेसास साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित

नेपाली साहित्य समाज न्युजिल्यान्डले समाजका संस्थापक अध्यक्ष कवि पशुपति कर्माचार्यलाई नेसास नेपाली साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित गरेको छ ।

नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा न्युजिल्यान्डको क्राइस्टचर्चमा सम्पन्न लक्ष्मी जयन्ती समारोहको अवसर पारेर साहित्य समाजका अध्यक्ष डा वीरेन्द्र केसी तथा सल्लाहकारहरू डा भोला प्रधान र बाबुराजा महर्जनले उक्त सम्मान प्रदान गर्नु भएको थियो ।

कवि पशुपति कर्माचार्यका यादका आयामहरू, मुटुमा बुद्ध बोकेर, समानताको चिराग बोकेर कविता संग्रह र फूलका थुङ्गा, रुखमा बुद्ध हाइकु संग्रह गरी पाँच वटा कृति प्रकाशित छन् । सम्मानपछि कार्यक्रममा बोल्दै कवि कर्माचार्यले आफूले जन्माएको संस्थाबाट सम्मानित हुन पाउँदा गर्व महसुस भएको र थप लेखनका लागि हौशला मिलेको कुरा बताउनुभयो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डले नेपाली साहित्य सृजनामा अविछिन्न रूपमा योगदान पु-याउँदै आउनु भएका स्रष्टा तथा साहित्यकारलाई उहाँहरुको योगदानको कदर गर्दै हरेक वर्ष “नेसास नेपाली साहित्य सृजना सम्मान” प्रदान गर्ने गर्दछ ।

त्यस्तै साहित्य समाज न्युजिल्यान्डले नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा योगदान पु-याउँदै आउनु भएका व्यक्ति तथा संघसंस्थाहरूलाई हरेक वर्ष “नेसास नेपाली साहित्य सेवा सम्मान” प्रदान गर्ने गर्दछ ।

समाजले आफ्नो स्थापनाकालदेखि पु-याउँदै आएको विशिष्ट योगदानको कदर गर्दै यस वर्षको “नेसास नेपाली साहित्य सेवा सम्मान” गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड, न्युजिल्यान्ड नेपाल सोसाइटी र न्युजिल्यान्ड नेपाल एसोसिएसनलाई प्रदान गरेको छ ।

जस अन्तर्गत गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्धव अधिकारीलाई साहित्य समाजका अध्यक्ष डा वीरेन्द्र केसीले, न्युजिल्यान्ड नेपाल सोसाइटीलाई नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका अध्यक्ष अशोक श्रेष्ठले र न्युजिल्यान्ड नेपाल एसोसिएसनलाई क्यान्टरवरी नेपालिज सोसाइटीका अध्यक्ष दीपक पाण्डेले सम्मान प्रदान गर्नु भएको थियो ।

डा. जया तिवारीको संयोजनमा आयोजित उक्त लक्ष्मी जयन्ती कार्यक्रम समाजका सचिव गोपाल प्रसाद कँडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा साठी जना नेपाली भाषा र साहित्य प्रेमी महानुभावहरूको उपस्थित थियो भने समाजका सल्लाहकारहरु डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य लगाएत बिस जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो । रचना वाचनको बीचबीचमा साना नानीहरुको नृत्य पनि समावेश गरिएको थियो ।

प्रतिक्रिया

लोकप्रिय पोस्टहरु

गजल

९ श्रावण २०८०, मंगलवार ०९:२१

dsdsad

८ श्रावण २०८०, सोमबार १५:५३

मनिराम मञ्जिलकाे मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३८

अतृप्तका चार मुक्तक

८ श्रावण २०८०, सोमबार १०:३४