साहित्य समाचारहरू

नारी स्रष्टा समाजद्वारा स्रष्टाहरू सम्मानित

६ मंसिर २०७९, मंगलवार १६:२०
नारी स्रष्टा समाज, प्रदेश १ बिराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । समाजद्वारा मंसिर १ गते काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो ।

स्रष्टा भट्टको सोलीडोली सार्वजनिक

६ मंसिर २०७९, मंगलवार १६:१९
क्यालिफोर्निया / लायन्स क्लब अफ वर्कली लालीगुराँस, विकल्प फाउण्डेसन, समुद्रपारिका मन र यशोभानु साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कवि सुरेशकुमार भट्टको हाइकु कृति सोलीडोली क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा लोकार्पण गरियो ।

कवि पशुपति कर्माचार्य नेसास साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित

६ मंसिर २०७९, मंगलवार १६:१७
नेपाली साहित्य समाज न्युजिल्यान्डले समाजका संस्थापक अध्यक्ष कवि पशुपति कर्माचार्यलाई नेसास नेपाली साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित गरेको छ ।

नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा

६ मंसिर २०७९, मंगलवार १६:१७
अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ।

साहित्यकार हाडाबाट पुरस्कार स्थापना

६ मंसिर २०७९, मंगलवार १६:१५
भक्तपुर / साहित्यकार मञ्जु हाडा निरौलाले आफ्ना मातापिता आशागोपाल र भुवनेश्वरी हाडाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको छ । दस हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रदान गरिनेछ ।

बालवाङ्मय साधना सम्मान शान्तदास मानन्धरलाई

६ मंसिर २०७९, मंगलवार १५:०२
काठमाडौं / बालवाङ्मय तथा अनुसन्धान केन्द्रले साहित्य- सृष्टि बालवाङ्मय साधना सम्मान २०७९ पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ ।