गजल

एकै सिट्मा संगै बसि हातराखि उनको हातमा
धेरै भयो नचढेको अरनिको यातायातमा ||

इन्द्रावती किनाराको मनोरम ति दृष्य चुम्दै
हराइन्थ्यो पिरतिको सुनौला ति बातै बातमा ||

सुन्दर बगैचामा फूल्ने रंगिचंगि फूल जस्तै
हिलै भित्र फूलेपनि फूल कमल छ औकातमा

घुम्तिनिर गुरुजिले हरण मार्थे हुत्ताएर
स्पर्सको मौका जुर्थ्यो भमराको फूल र पातमा||

कति छिटै आएजस्तो लाग्थ्यो झर्ने ठाउँ पनि
समयले नेटो काटि पुग्दा पनि आधा रातमा||

अन्य गजलहरु

No data was found

भण्डारी जी का अन्य सृजनाहरु :

सृजनाहरू भेटिएन