कविता

लाग्यो पौष उराठ लाग्दछ घरमा एक्लै छु ऐले यहाँ ।
ओड्ने गर्दछु रूइको सिरकनै पाइन्न तातो जहाँ ।।
लामो रात छ नीँद खुल्दछ छिटो जाडो यसै काम्दछु ।
तातो निम्ति ओछ्यानको वरिपरी तन्द्राबिषे छाम्दछु ।।१।।

देब्रे तर्फ छ मात्र खाट डिल लौ भित्तो छ दायाँ तिर ।
तिघ्रा आड नपाइ खोज्छ तकिया ! खेप्दैछु यस्तै पिर ।।
आगो ताप्न अँगेनु छैन लकडी ! मक्कल् न त्यो गोल छ ।
रक्सी खाइ तताउँ ज्यान त भने ! ईज्जत् डमाडोल छ ।।२।।

(२०७५ को डायरीबाट)

अन्य कविताहरु

के छैन नेपालमा ?
shaligram aryal
आफ्नै संस्कार गरिमा ठुलो
ramharilamsal
आमा
SHRIJANA
साथी
Untitled design - 1
बुझिदिने परिवार भैदिए
Untitled design - 1

शालिग्राम अर्याल का अन्य सृजनाहरु :

shaligram aryal
के छैन नेपालमा ?