कविता

मेरा हर रहरहरु बुझिदिने
रुदा आँसु पुछिदिने,
मेरा बाबा ममीलेजस्तै;
मेरो मनका बुझिदिने
बाबाले जस्तै हर यात्रामा साथदिने;
ममीले जस्तै हर स्वासमा माया बर्षाउने
हो यस्तै साथी खोजेकी हुँ मैले
जिन्दगी बिताउने ।
मेरो लुगा कहा छ?
जुता फोहोर भो,धोइदेउ!
खाना मीठो पकाउन आउदैन तिमीलाइ?
कार को साचो झिकिदेउ
हो यस्तै यस्तै कुरामा सताउने
श्रीमान होइन;
तिमी पनि त थाक्यौ होला,
घर, अफिस, बच्चा-
कति गाह्रो छ है तिमीलाइ?
भैगो चिन्ता नगर म छु नि तिम्रो?
भन्ने साथी खोजेकी हुँ मैले
जिन्दगी बिताउने।
कहिलेकाही भनोस,
बिहे अघि जस्तै स्वतन्त्र डुलेर आउ तिमी,
साथीहरु संगै भुलेर आउ तिमी;
कत्ती रहरहरु मारेउ हौला है मेरो लागि;
जाउ आज आकाश जस्तै खुलेर आउ तिमी।
दुबै परिवारलाई उत्तिकै बुझ्न सकोस,
परिवारकै मायाले रुझ्न सकोस ।।
के छ र तेरो ?
के गरिस र तैले भन्ने होइन
आउ संगै मिलेर गरौ भन्ने होस,
सानो कुरा भित्र ठूलो खुसी भेट्टाउने होस ।
जिन्दगी चलाउन धन चाहिन्छ तर
धन नै जिन्दगी होइन भन्ने बुझ्ने होस।
हो यस्तै साथी खोजेकी हुँ मैले
जिन्दगी बिताउने ।
ठुला ठुला महलमा होइन;
धन सम्पत्ति र गहनामा होइन,
निस्वार्थ प्रेम र मीठो माया मा ;
मीठो वचन र मायालु स्वरमा
खुसी हुन्छे नारी भन्ने बुझ्ने होस;
हो यस्तै साथी खोजेकी हुँ मैले
जिन्दगी बिताउन।।।

अन्य कविताहरु

जाडोमा एक्लै घरमा ।
shaligram aryal
के छैन नेपालमा ?
shaligram aryal
आफ्नै संस्कार गरिमा ठुलो
ramharilamsal
आमा
SHRIJANA
बुझिदिने परिवार भैदिए
Untitled design - 1

सम्झना अर्याल 'दर्पण' का अन्य सृजनाहरु :

Untitled design - 1
बुझिदिने परिवार भैदिए