बिहेको दिन छोरी अन्माउदै गर्दा
बाबाले भनुन,
छोरी घरमा तिमीलाइ
मायाले काम सिकाए भने,
मीठो भाषाले संस्कार औल्याए भने,
अनि भद्र शैलीमा तिम्रो अधिकार र कर्तव्य बताए भने,
खुसी- खुसीका साथ तिमी त्यो घर सिगाँरीदिनु!
मायालु नजर भएकी सासू तिम्री आमा समान हुन,
सुखी संसार बसाउन सल्लाह दिने ससुरा बाबा समान छन,
गल्तीलाइ सच्याउदै भित्र बाहिर गर्न सिकाउने नन्द- आमाजु,
तिम्रो आफ्नै “दिदी-बहिनी” जस्तै हुन।
तिमीले बोल्न अगावै तिम्रो मनको भावलाइ बुझेर
तिमीलाइ सहारा दिने तिम्रो श्रीमान तिम्रो भगवान् हुन।
तिम्रो अस्तित्व रक्षाका निम्ति सधै सकारात्मक सोच राख्ने
तिम्रा देवर- जेठाजु तिम्रा आफ्नै दाजु-भाइ समान हुन।
यीनीहरु सबैलाइ तिम्रो हृदय फुकाएर माया सम्मान र इज्जत दिनु।
त्यो घर तिम्रो स्वर्ग हो, संसार हो- जति सक्छौं सजाउनु!
तर;
त्यसको ठिक बिपरित –
सासुले ठूलो आखाँले हेरिन भने,
ससुराले ठूलो स्वरले बोले भने,
तिम्लाइ देख्दा नन्द- आमाजुले खुट्टा बजारे भने
श्रीमानले परिवारकै मात्र कुरा सुने भने,
देवर-जेठाजुले बक्रदृष्टीले हेरे भने,
त्यो घर तिम्रो हुँदै- होइन!
त्यो घर तिम्रो लागि मसानघाट सरह हुनेछ।
आमाकी मुटुकी टुक्रा तिमी
बाबाको धड्कन हौं।
दाजु-भाइको आखाकी नानी तिमी
दिदी- बहिनीकी मीठो सहारा हौ।
आफ्नो कलेजी टुक्राटुक्रा पारेर पठाएका हौं तिमीलाइ
यो घरमा नअटाएर होइनौं;
त्यसैले छोरी त्यो घरमा तिमीले अलिकती मात्रै पनि
असहज महसुस गर्यौ भने,
अफ्ट्यारो अनुभव गर्यौ भने,
त्यसै दिन तिमी त्यो घर त्यागेर आउनु!
यो घरको ढोका तिम्रालागी सधैं खुल्ला छ!
तिमी नरुनु कहिल्यै, दुखी नहुनु,
रित चलाउन अन्माएको हुँ,
धेरै भएर होइनौ !
मेरी छोरी त्यसैले तिमी कहिल्यै हिम्मत नहार्नु,
कहिल्यै एक्लो नसम्झिनु!
तिम्रो साथमा हामी छौं।
सायद यत्ती भनिदिने माइती भए,
आज कुनै चेली परायघरमा मारिन्नथिन होला,
आत्महत्याको बाटो रोज्ने थिइनन होला!
घरीघरी हिंसाको सिकार हुनेथिइनन होला,
पिल्सिएर रुने थिइनन होला-
यत्तिको बुझिदिने परिवार भैदिए!