सृजना अर्याल

सृजना अर्याल नीलकण्ठ-३, धादिङबेसी, धादिङ निवासी एक प्रतिष्ठित नेपाली साहित्यकार हुन्। उनी नेपाली भाषा, साहित्य, र संस्कृति संरक्षणका लागि लामो समयदेखि सक्रिय रूपमा योगदान दिँदै आएकी छिन्। सृजनाले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानमा सदस्यका रूपमा, धादिङ सिर्जना प्रतिष्ठानमा उपाध्यक्षका रूपमा, साथै जनता पुस्तकालय धादिङ, प्रगतिशील लेखक संघ धादिङ, भानु प्रतिष्ठान नेपाल, र अन्तराष्ट्रिय नेपाली साहित्य समाजलगायत विभिन्न संघसंस्थामा सक्रिय संलग्नता जनाएकी छिन्। उनका प्रमुख कृतिहरूमा कविता सङ्ग्रह “सुनको पिँजडा” (२०७६), “बोध अन्तर्बोध” (२०८०), र नाटक “मुर्दाघर” (२०८१) रहेका छन्। साथै, उनी संयुक्त कृतिहरू र फुटकर रूपमा कविता लेखनमा पनि सक्रिय छिन्। सृजनाका संगीतबद्ध गीत र गजलहरूमा “गुलाबी मन” (गजल, २०८०), “आशाको दियो” (गीत, २०८१), “मनको मान्छे” (गीत, २०८१), र “हवाईजहाज चढेर जाऊ है सरर” (तीज गीत, २०८१) रहेका छन्। उनलाई बङ्गलादेशको “Chader Cana Award – 2015”, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय गीत लेखन प्रतियोगितामा बागमती प्रदेशबाट सर्वोउत्कृष्ट (२०८१), अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा द्वितीय पुरस्कार (२०७४), र नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठान लिवाङ, रोल्पाद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा तृतीय पुरस्कार (२०८०) प्राप्त भएको छ। उनी “विराट म्युजिक अवार्ड २०८१” मा साहित्य लेखन विधामा पनि सम्मानित भएकी छिन्। उनी विभिन्न विद्यालयका विद्यार्थीहरूलाई छन्द प्रशिक्षण कार्यशालाहरू मार्फत् प्रशिक्षण दिने र कविता प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गर्ने कार्यमा पनि सक्रिय छिन्। उनले देशका विभिन्न ठाउँमा हुने साहित्यिक कार्यक्रममा एकल कविता वाचनदेखि विशेष वाचनसम्मका कार्यक्रमहरूमा कविता वाचन गर्दै आएकी छिन्।
आमा
नाटकमा मेराे पहिलाे प्रयास हो मुर्दाघर